सेन्चुरी बैंकद्धारा लाभांश घोषणा, पुसभित्रै प्रभुसँग एकीकृत कारोबार

Advertisement

काठमाडौं । सेन्चुरी बैंकले गत बर्षको मुनाफाबाट पाँच प्रतिशत लाभांश घोषणा गरेको छ । बैंकले चुक्ता पुँजीको चार दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शुन्य दशमलव २५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

सेन्चुरी बैंकले करबाहेक ४५ करोड ३८ लाख १० हजार ६८६ रुपियाँ ९५ पैसा लाभांश वितरण गर्नेछ । बैंक सञ्चालक समितिको बुधबारको बैठकले पारित गरेको यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी १२औं वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयन हुनेछ । 

Advertisement

प्रभु बैंकसँग मर्जरमा जान लागेको सेन्चुरी बैंकले आउँदो पुस महनाभित्रै एकीकृत कारोबार गर्ने तयारी गरेको छ । 
 

Advertisement

Advertisement