शेयर बजार दोहोरो अंकले बढ्योः सवा अर्ब नाघ्यो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढ्दा कारोबार रकम पनि बढेको छ । 

साताको अन्तिम दिन आज बजार ११.२२ अंकले बढेको हो । ०.५८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६१.०६ अंकमा उक्लिएको छ । 

Advertisement

आज २४१ कम्प्नीका ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३२ करोड २९ लाख ७२ हजार १ सय ८५.६५ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज सबैभन्दा बढी धौलागिरी लघुवित्त र स्वेतगंगा हाइड्रोको शेयर मूल्य क्रमशः १० र ९.२१ प्रतिशतले बढेको छ भने सिटिजन्स म्युचुअल फण्ड १ का लगानीकर्ताहरुले सबैभन्दा बढी ३.६४ प्रतिशतले घाटा व्यहोरेका छन् । 

नेप्सेका अनुसार आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १४ करोड ४५ लाख ५६हजार ७ सय ९२ रुपियाँ बराबरको कारोबार भएको हो ।  

साताको पहिलो दिन आइतबार बजार ३२.४३ अंकले बढ्दा २ अर्ब २ करोड ५४ लाख ८९ हजार ५२.१४ रुपियाँ, सोमबार १५.६१ अंकले बजार घट्दा १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६ सय १३.६६ रुपियाँ, मंगलबार २.९९ अंकले बजार बढ्दा ९५ करोड ७० लाख ६० हजार २ सय २५.९६ रुपियाँ र हिजो बुधबार ३.५१ अंकले बजार घट्दा ८४ करोड २६ लाख ९५ हजार ३ सय १.९९ रुपियाँ  बराबरको कारोबार भएको थियो ।  
  
 

Advertisement

Advertisement