प्रभु र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । प्रभु र प्रिमियर इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । 

मर्जर प्रक्रियामा रहेका कम्पनीहरुको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

प्रिमियर इन्स्योरेन्सले सिद्धार्थ र प्रभुले अजोड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेसँगै कारोबार रोक्का रहँदै आएको थियो । 

नेप्सेको निर्णयसँगै आइतबारबाट दुबै इन्स्योरेन्स कम्पनीको शेयर कारोबार शुरु हुने छ । 
 

Advertisement

Advertisement