नोभेम्बर महिनामा हवाई मार्गबाट आउने पर्यटक ७२ हजार ६५३ जना

Advertisement

काठमाडौं । गएको नोभेम्बरमा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यस्तै, सन् २०२२ को ११ महिनामा झन्डै साढे पाँच लाख ४६ हजार २ सय १६ पर्यटक नेपाल भ्रमणमा आएका छन् । 

पर्यटन बोर्डको तथ्यांकअनुसार उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् । जनवरीदेखि नोभेम्बरसम्म पाँच लाख ४६ हजार २१३ पर्यटक भित्रिएका हुन् । नेपाल पर्यटन बोर्डकाअनुसार नोभेम्बरमा मात्र ७२ हजार ६ सय ५३ जना पर्यटक नेपाल भित्रिएका छन् । नोभेम्बरमा सबैभन्दा धेरै भारतीय पर्यटक रहेका छन् ।

Advertisement

त्यस्तै, जनावरीमा १६ हजार ९ सय ७५, फेब्रुअरीमा १९ हजार ७ सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५ सय ८९, मेमा ५३ हजार ६ सय ८, जुनमा ४६ हजार ९ सय ५७, जुलाईमा ४४ हजार ४ सय ६२, अगस्टमा ४१ हजार ३ सय ४, सेप्टेम्बरमा ५८ हजार ३ सय १४, अक्टोबरमा ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल भित्रिएका थिए । त्यस्तै अमेरिकाबाट सात हजार ८३१, बेलायतबाट पाँच हजार १६५, अष्ट्रेलियाबाट तीन हजार ३७५, बंगलादेशबाट दुइ हजार २१८, क्यानडाबाट एक हजार १८४ र चीनबाट एक हजार ३८ जना पर्यटक भित्रिएका छन्।

त्यस्तै, इटालीबाट ८ सय ३३, जर्मनीबाट २ हजार २९२, फ्रान्सबाट २ हजार ५६१, दक्षिण कोरियाबाट एक हजार ६७०, जापानबाट ९५५, पाकिस्तानबाट ३३७, सिंगापुरबाट ७९१, भुटानबाट ४९४, श्रीलङ्काबाट एक हजार १८, थाइल्याण्डबाट २ हजार ४४१, अस्ट्रियाबाट ३३९, बेल्जियमबाट ४८१, चेक रिपब्लिकबाट ४६५, डेनमार्कबाट ३४४, नेदरल्याण्डबाट एक हजार १४८, नर्वेबाट २०२, पोल्याण्डबाट ४३४, रुसबाट ९५२, स्विट्जरल्याण्डबाट ६०७, स्पेनबाट ९५६, स्वीडेनबाट ३३३, युक्रेनबाट ११७, न्युजिल्याण्डबाट ३०२, इजरायलबाट ४८४, टर्कीबाट ३५१ जना पर्यटक भित्रिएको बोर्डले जनाएको छ । 

Advertisement

Advertisement