देउवालाई प्रधानमन्त्री, माओवादीलाई राष्ट्रपति र हामीलाई सभामुखः मेटमणि

Advertisement

काठमाडौं । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवा गर्ने दाबी गरेका छन् । 

बिहीबार रिपोर्टर्स क्लबमा उनले भने, ‘सरकार निर्माण गर्ने विषयमा छलफल भइरहेको छ । पाँच दलीय गठबन्धनको नै सरकार बन्छ । सरकारको नेतृत्व र मन्त्रीहरु  पनि सल्लाहमै टुँगो लगाउँछौं । राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ । निर्वाचनमा हामीले पाँच दलीय गठबन्धन बनाएका थियौं । पाँच वर्षसम्म अब यही गठबन्धनको सरकार बन्छ । यसमा कोही पनि कन्फ्युजन हुन जरुरी छैन् ।’

Advertisement

चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको जिकिर गरे । उनले भने, ‘एमालेसहितको वामपन्थीहरुको सरकार बन्ने कुनै सम्भावना छैन् । यसमा कसैले पनि भ्रम नपाले हुन्छ । गठबन्धनकै नेतृत्वमा सरकार बन्छ । कांग्रेस ठूलो दल हो । उसको फष्ट च्वाईस हो । प्रधानमन्त्रीमा दाबी गर्ला । गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो । उसले राष्ट्रपति च्वाइस गर्ला । एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ ।’ 

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन भइसक्ने दावी गर्दै थपे, ‘चुनावको परिणामबाट हामी सन्तुष्ट हुने कुरा उठाउनुभयो । हामी १९ सिटमा लडेका थियौं । १५ जित्ने दाबी थियो । तर, १० सिट जित्यौं । तुलना गर्दा राम्रो रिजल्ट ल्याएका छौं । अपेक्षा गरेअनुसार खासगरी अहिलेको रिजल्ट हेर्दा कमजोर छ । समानुपातिकमा १० लाख आउँछ भनेका थियौं । तर, अब ३ लाख प्लस ल्याउँछौं । सन्तुष्ट हुने कुरै भएन । कमिकमजोरी भएको छ । हामी निर्वाचनमा देखिएको समस्याको खोजी गर्छौं ।’

मन्त्री चौधरीले अहिले मार्केटमा नयाँ अनुहारको रुपमा प्रधानमन्त्रीको खोजी भएको कुरातर्फ संकेत गर्दै त्यस्तो सम्भावना नरहेको दावी गरे । उनले भने, ‘अबको प्रधानमन्त्री भनेको शेरबहादुर देउवा नै हो । त्योबाहेक अरुखालको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार बनाउन सक्दैन् । प्रधानमन्त्रीमा गगन थापाले दाबी गर्नु सकारात्मक कुरा हो । सम्भव कति होला । त्यो उहाँको दलभित्रको कुरा हो । सांसद बनेपछि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री हुन खोज्ने कुरा सामान्य हो ।’ 

Advertisement

Advertisement