बेलायती राजदूत निकोला पोल्लिट लुम्बिनी भ्रमणमा

Advertisement

लुम्बिनी । नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गरेकी छिन् । 

लुम्बिनी भ्रमणमा आएका राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्यसहितको टोलीले स्वागत गरेका हुन् ।

Advertisement

उक्त अवसरमा राजदूत निकोलाले मायादेवी मन्दिर र शान्तिदीपको अवलोकन गरेकी थिइन् । भ्रमणका क्रममा बेलायती राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि बढ्ने बारेमा कुराकानी भएको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिए ।  

विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोचअनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको उपाध्यक्ष मैत्तयले बताए । उक्त अवसरमा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, परिषद् सदस्य गोपीकृष्ण शर्मा, सूचना अधिकृत राजन बस्नेतको सहभागिता थियो । उक्त अवसरमा कोषका तर्फबाट राजदूत निकोलालाई मायाको चिनो समेत प्रदान गरिएको थियो । रासस

Advertisement

Advertisement