पटक पटकको विश्वकप विजेता स्पेनलाई हराउँदै एशियाको जापान अन्तिम १६ मा प्रवेश

Advertisement

काठमाडौं । पटक पटकको विश्वकप विजेता स्पेनलाई हराउँदै एशियाली मुलुक जापान फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ । 

गए राति भएको खेलमा जापानले २–१ ले हराउँदै जापान समूह चरण पार गर्न सफल भएको हो । यसअघि जापानले अर्को विश्वकप विजेता जर्मनीलाई समेत गराएको थियो । समूह चरणका तीन खेलमा कोष्टारिकासँग भने उ पराजित भएको थियो । 

Advertisement

दुई खेल जितेर छ अंकसहित समूह विजेता बनेको जापानले समूह एफको उपविजेतासँग अन्तिम १६ मा खेल्नेछ । जापानसँग पराजित भए पनि अंकका आधारमा स्पेन समूह चरण पार गर्न सफल भएको छ । 

खेलको ११औं मिनेटमा स्पेनका अल्भारो मोराटाले गरेको गोलबाट पछि परेको जापानले दोस्रो हाफमा सुरुवातमै दुई गोल फर्काउन सफल भयो । 

Advertisement

Advertisement