नेपाल बैंक र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबार सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । नेपाल बैंक र नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । 

सम्झौता अनुसार बमोजिम पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हुने सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंकमार्फत हुने भएको हो । 

Advertisement

उक्त सम्झौतामा  नेपाल बैंकका नायव प्रमूख कार्यकारी अधिकृत समता पन्त र प्राधिकरणाका निर्देशक तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमूख विक्रमराज गौतमले हस्ताक्षर गरेका छन् । 

बैंकले नेपालभर रहेका २२६ शाखाहरु, १९९ एटीएम र ५० एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement