अरुण भ्याली हाइड्रोपावरद्वारा ८.४२ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई ८.४२१ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव रञ्जु अधिकारीले जनाएकी छिन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ७२ करोड ९५ लाख ९५ हजार रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृति र आगामी २५ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 
 

Advertisement

Advertisement