पोखरा विमानस्थलको पनि ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नै

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्यान्डलिङको जिम्मा नेपाल वायुसेवा निगमलाई नै दिएको छ । 

प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले उक्त कुराको जानकारी दिए । उनले भने, ‘ग्राउण्ड ह्यान्डलिङको जिम्मा नयाँ कम्पनीलाई दिन समय लाग्छ । नयाँ प्रक्रिमा जाँदा कम्तिमा एक वर्ष समय लाग्छ । समय पनि छैन् । अगामी महिनाबाटै विमानस्थल सञ्चालन गर्ने घोषणा भइसकेको छ । त्यही कारण निगमलाई दिने निर्णय भएको हो ।’ 

Advertisement

यसअघि प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने निगमलाई ग्राउण्ड ह्याण्डलिङ नदिने बताएका थिए । त्रिभुवन विमानस्थलको समेत ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको निगमको कामलाई लिएर पटक पटक प्रश्न उठ्ने गरेको छ । निरौलाले सदाका लागि निगमलाई यो काम नदिएको बताउँदै अर्को व्यवस्था नभएसम्मका लागि मात्रै उसलाई जिम्मा दिएको बताए । 

प्राधिकरणले पत्र पठाएर पोखरा विमानस्थलको ग्राउण्ड ह्यन्डलिङको जिम्मा दिएको निगमकी प्रवक्ता अर्चना खड्काले बताइन् । निगमले त्यसका लागि आवश्यक तयारी पनि सुरु गरिसकेको उनले बताइन् । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ हिमालय एयरलाइन्सले र पोखरा विमानस्थलको बुद्ध एयर इच्छा देखाउँदै प्रस्ताव पेश गरे पनि प्राधिकरणले त्यसलाई स्वीकृत गरेन् । 

आउँदो पुस १७ मा औपचारिक सञ्चालनको तयारी गरिएको पोखरा विमानस्थल पोखरा महानगरपालिकाले फोहोर व्यवस्थापनको काम गरिरहेको अब अर्को ठाउँमा महानगरले फोहोर व्यवस्थापन गर्ने तयारी गरेको छ । 

निरौलाका अनुसार पोखरा विमानस्थल नजिक भएको फोहोरलाई पुर्ने काम हुँदैछ । पोखरामा डाँडा काट्ने काम भइरहेको छ । यो काम विमानस्थल सञ्चालनमा आउनुअघि नै सक्किने छ । 

उक्त विमानस्थलको प्राविधिक परीक्षणका लागि क्यालिब्रेसन उडान भइसकेको छ । त्यसको रिपोर्ट तीन हप्तापछि आउने जनाइएको छ । 

Advertisement

Advertisement