एनआईसी एशियाको विश्वकप विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रवद्र्धनका लागि आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । 

यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही बिजेता अनुमान गर्ने फुटबल पे्रमी ग्राहक महानुभावहरुमध्ये प्रत्येक खेलमा ५ देखि १० जनालाई रू. ५०० देखि रू. २००० सम्मको मोबाइल टपअप प्रदान गर्ने व्यवस्था बैंकले गरेको छ । साथै, उक्त योजना अन्तर्गत भाग्यशाली ३०० जनालाई बैंकले सिनेमा हलमा निःशुल्क विश्वकप फाइनल खेल हेर्ने अवसर प्रदान गर्नेछ । 

Advertisement

२० लाख पटक भन्दा बढी डाउनलोड भैसकेको एनआईसी एशिया मोबैंक एपमा बैंकले विश्वकपको सम्पूर्ण खेलहरूको तालिका सहित खेलसम्बन्धी अन्य विवरणहरू समेत समावेश गरेको छ । जसको आधारमा ग्राहक महानुभावहरूले प्रत्येक खेल सुरु हुनुअघि बिजेता अनुमान गर्न सक्ने छन् ।

काठमाडौंस्थित एक सिनेमा हलमा फाइनल खेल हेर्नका लागि वितरण गरिने ३०० वटा टिकटमध्ये १४० वटा ग्राहकहरूलाई र २०७९ मंसिरमा सबैभन्दा बढी डिजिटल कारोबार गर्ने विभिन्न मर्चेन्टहरूलाई प्रति मर्चेन्ट २ देखि ४ वटाका दरले १६० टिकट वितरण गर्ने व्यवस्था बैंकले गरेको छ । 

बैंकले मुलुकभर ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०३ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ । 

Advertisement

Advertisement