भिभोद्वारा पाचौंँ वार्षिकोत्सवको अवसरमा आकर्षक उपहारहरुसहित सेल्स कार्निभल सुरु

Advertisement

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रबार नेपालमा आफ्नो पाँचौं वर्ष पूरा गरेको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएस्वरूप भिभो नेपालको यो कार्यक्रमको आयोजना गरेको हो । 

भिभोले आफूहरु नेपालमा पनि लोकप्रिय स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको बताएको छ । वार्षिकोत्सवको उपलक्ष्यमा, भिभोले आफ्ना उपभोक्तलाई आभार प्रकट गर्न भन्दै आकर्षक उपहार तथा विशेष छुटसहित सेल्स कार्निभल शुरु गरेको हो ।

Advertisement

सेल्स कार्निभल अन्तर्गत ग्राहकहरूले भिभो स्मार्टफोन खरिद गरेर बम्पर लक्की ड्र मा दुई जनाले ४३ इन्चको भिडियोकन स्मार्ट टिभी, हरेक हप्ता एक जनाले भिभो वाई१५सी, हरेक हप्ता दुई जनाले जेबेल्जको स्मार्टवाच, हरेक दिन दुई जनाले नोइज इयरबड र रु ३० हजार भन्दा माथिको कुनै पनि फोन खरिदमा थप ६ महिनाको वारेन्टी सहित आकर्षक पुरस्कारहरू जित्न सक्नेछन् । 

यसका लागि लक्की ड्र मा सहभागी हुन् ग्राहकहरुले भिभोदसाईं डटकम वा भिभोको सामाजिक सञ्जालमा भएको क्यूआर कोर्ड स्क्यान गरेर आवश्यक विवरण पेश गेरेपछि तत्कालै आफूलाई परेको पुरस्कार थाहा पाउन सक्नेछन् । 

पुरस्कार जित्नका साथै, ग्राहकहरूले कार्निभल अवधिभरि केही उत्कृष्ट स्मार्टफोनहरू अझ सुपथ मूल्यमा किन्न सक्छन् सक्ने भिभो नेपालले जनाएको छ । यसअन्तर्गत सेल्स कार्निभल अवधिका लागि वाई२१ (४+६४जीवी) को मूल्यमा रु. एक हजारले घटाइएको जनाइएको छ । 

त्यस्तै वाई१५एस र वाई१५सी को मूल्य रु. एक हजार पाँचसयले घटाइएको छ । यससँगै कार्निभल अवधिका लागि वाई२१, वाई१५एस र वाई१५सी को नयाँ मूल्य क्रमशः रु २१ ह्जार ९९९, रु १८ हजार ४९९ र रु. १६ हजार ४९९ कायम गरिएको छ । 

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकले भिभो ‘मोर लोकल, मोर ग्लोबल’ अवधारणाबाट निर्देशित ब्रान्ड हो भन्दै यसले स्थानीय प्रतिभा, संस्कृति र उपभोक्ताका विकासशील प्राथमिकताहरूलाई सम्मान गर्ने बताएका छन् । यो ब्रान्डले हालै स्टाइलिश र परिष्कृत भी२५ सिरिज, लोकप्रिय वाई१६ र वाई२२एस, साथै वाई३५ सहित धेरै उल्लेखनीय र शक्तिशाली उपकरणहरू लन्च गरेको छ, जसले यस क्षेत्रमा उत्कृष्ट सफलता हासिल गरेको छ । 

यसका अतिरिक्त, भिभोले प्रयोगकर्ताहरूलाई सम्भव भएसम्मको उत्कृष्ट अनुभव सुनिश्चित गर्न विभिन्न पहल र सेवाहरू पनि प्रदान गर्छ । साथै, भिभोले प्रत्येक महिनाको २७ देखि २९ तारिखसम्म ‘भिभो सर्भिस डे’ संचालन गर्दछ जहाँ ग्राहकहरूलाई सर्भिसिङ र क्लिनिङ, सिस्टम रिकभरी र सफ्टवेयर अपग्रेड, १–घण्टा फ्ल्यास मर्मत, शून्य श्रम लागतमा मर्मत, प्रोटेक्टिभ फिल्म जस्ता सेवाहरू निःशुल्क उपलब्ध हुन्छ । 

Advertisement

Advertisement