खेलमा नाटकीय परिवर्तनपछि अर्को एशियाली देश अन्तिम १६ मा, जितपछि हर्षको आँशु

Advertisement

काठमाडौं । अन्तिम समयको अतिरिक्त समयमा गोल गर्दै अर्को एशियाली मुलुक कोरिया फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । 

खेलमा भएको नाटकीय परिवर्तनले एकाएक कोरिया शक्तिशाली पोर्चुगललाई हराउँदै कोरिया समूह चरण पार गर्न सफल भएको हो । निर्धारित समयमा बराबरी खेलेर अंक तालिकामा अन्तिममा रहेको कोरियालाई इन्जुरी टाइममा गोल गर्दै एक्कासी उपविजेता भई अन्तिम १६ मा प्रवेश गर्न सफल भयो । 

Advertisement

कोरियाका ह्वाङ हि चानले इन्जुरी टाइममा गोल गरेपछि कोरियाले पोर्चुगललाई २–१ ले पराजित गर्न सफल भएको हो । यो जितसँगै उसले समूह एफमा ४ अंकसहित उपविजेता बन्न सफल भयो । जितपछि कोरियाली दर्शक र खेलाडीहरुमा हर्षका आँशु बगाएको देखिन्थ्यो । 

समूह एफ कै अर्को खेलमा उरुग्वेलले आज घानालाई २–० ले ४ अंक नै जोड्न सफल भएको थियो । अंक समान भए पनि गोल धेरै गरेका आधारमा कोरिया उपविजेताको रुपमा चर्को चरणमा प्रवेश गर्न सफल भएको हो । 

पराजित भए पनि यो समूहको पोर्चुगल ६ अंक जोड्दै समूह विजेता बन्यो । यसअघि उसले दुई खेल जितेर अन्तिम १६ मा स्थान पक्का गरिसकेको थियो । खेलको प्रारम्भमै गोल गरेको पोर्चुगलको आजको खेल अल्ली फितलो देखिन्थ्यो । चर्चित खेलाडी क्रिष्टियानो रोनाल्डो रहेको यो टिमले आज गोल गर्ने धेरै अवसर गुमाएको थियो । 

Advertisement

Advertisement