तिम्सिनाको गुनासो– बौद्धिक समुदाय नै संघीय गणतन्त्र जोगाउन लागेन्

Advertisement

ललितपुर । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधिसभा निर्वाचनको परिणाम सुखद् नरहेको टिप्पणी गरेका छन् । शनिबार आयोजित एक सेमिनारमा उनले दलहरुमाथि नै प्रश्न उठने गरी निर्वाचनको परिणाम आउनु मुलुकको लागि हितकर नभएको बताए । 

तिमिल्सिनाले संघर्षबाट प्राप्त संघीयता गणतन्त्रलाई बलियो बनाउन दलहरु बलियो हुनुपर्ने उल्लेख गर्दै त्यस काममा लाग्न बौद्धिक समूदाय पनि लाग्नुपर्ने बताए । गणतन्त्र बलियो बनाउन बौद्धिक समुदायले सहयोग नगरेको उनको गुनासो छ ।  

Advertisement

तिमिल्सिनाले सचेत समूदायले दलहरुलाई सच्याउन नसके संघीय गणतन्त्र सुदृढ नहुने बताउँदै राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरे । उनले भने, ‘संघीय गणतन्त्रमा बहुदलीयतामाथि नै प्रश्न उठने कुरा किन भइराखेको छ रु अब सोच्ने बेला आएको छ । हरेक दल भित्र सोच्नुपर्ने बेला भएको छ । अनि हामीहरु रसातलतिर जाने अनि अरुले राम्रो गरेको छ भनेर कसो होला र रु’ 

तिमिल्सिनाले थपे, ‘विभिन्न क्षेत्रमा रहेका संस्थाहरुले, व्यक्तिहरुले दलहरुलाई सुशासन, भ्रष्टाचार नियन्त्रण, चुहावट रोक्नका लागि के गर्नु पर्यो रु एउटा सामान्य काम लिएर गएका नागरिकले दुःख पाउने रु धेरै ठूलो माग भएर पनि मानिसको दलहरुप्रति असन्तुष्टि छैन् । सानोसानो कुरा पनि किन डेलिभरी भइरहेको छैन रु मैले भन्यो भने पनि बायस हुन्छ । दलहरुलाई अब तिमीहरुको सिंंगो दलको भविष्यप्रति पनि घण्टी बजेको भन्नुपर्यो नि ।’ 

Advertisement

Advertisement