स्याङ्जा– २ मा एमालेकी अर्याललाई हराउँदै गठवन्धनबाट कांग्रेसका गुरुङ विजयी

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी पद्मा अर्याललाई हराउँदै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित भएका छन् । उनी सत्तारुढ गठवन्धनका उम्मेदवारसमेत हुन् । 

गुरुङले ३१ हजार ४६६ मत पाए भने अर्यालले २५ हजार ८३९ मत पाए । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले आठ हजार ११३ मत पाए । यसअघि यो क्षेत्रबाट एमालेका अर्याल विजयी भएकी थिइन् । 

Advertisement

यही गत मंसिर ४ मा भएको मतदानका क्रममा नेपाली कांग्रेसले केही मतदान केन्द्रमा बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतदानको माग गरेपछि मतगणना ढिलो भएको थियो । पुनः मतदान गर्दा सत्तापक्षले झन चलखेल गर्न सक्ने देखेपछि एमालेले मतगणना अघि बढाउन तयार भएपछि निर्वाचन आयोगले मतगणना सुरु गर्न निर्देशन दिएको थियो । 
 

Advertisement

Advertisement