अष्ट्रलियालाई हराउँदै अर्जेन्टिना र अमेरिकालाई हराउँदै नेदरल्याण्ड क्वाटर फाइनलमा

Advertisement

काठमाडौं । फिफा विश्वकपको क्वाटर फाइनल चरणमा अर्जेन्टिना र नेदरल्याण्ड्स प्रवेश गरेका छन् । गए राति भएका खेलमा अर्जेन्टिनाले अष्ट्रेलियालाई २–१ ले र नेदरल्याण्ड्स ले अमेरिकालाई ३–१ ले हराउँदै क्वाटर फाइनल यात्रा गरेका हुन् । 

कतारको अहमद विन अली रंगशालामा भएको खेलमा मेस्सीको उत्कृष्ट प्रदर्शनका साथ दुईपल्टको विश्व च्याम्पियन अर्जेन्टिना क्वाटरफाइनलमा प्रवेश गरेको हो । उसले अब शुक्रबार नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । 

Advertisement

रक्षात्मक रणनीतिमा रहेको अष्ट्रेलियालाई मेस्सीले पहिलो गोल गरेपछि रंगशालामा उपस्थित अर्जेन्टिनी समर्थकमा खुशीयाली छाएको थियो । यो खेलसँगै मेस्सीले आफ्नो करिअरमा आधिकारिक एक हजार खेल र ७८९औं गोल गरेका छन् । त्यसपछि स्ट्राइकर जुलियन अल्भारेजले ५६औं मिनेटमा अर्को गोल थप्दै खुशी थपे ।

खेलमा १३ मिनेटको समय बाँकी रहँदा अष्ट्रेलियाले एक गोल फर्काउँदै इज्जत जोगायो । क्रेग गुडविनको प्रहार एन्जो हर्नाण्डेजको शरीरमा डिफ्लेक्ट भएर गोल हुँदा अर्जेन्टिनी गोलरक्षक डेमाइन मार्टिनेज जिल्लिए । अष्ट्रेलियाले बराबरी गर्ने निकै प्रयास गरे पनि संभव भएन् । 

त्यस्तै, नेदरल्याण्ड्सका लागि मेम्फिस डिपाए, डाले ब्लिन्ड र डेन्जल डमफ्राइसले गोल गर्दै क्वाटरफाइनलसम्मको यात्रा सुरक्षित गरे । अमेरिकाका हाजी राइटले एक गोल फर्काए । 

खेलको दशौँ मिनेटमा गोल गरेको नेदरल्याण्ड्ससँग बराबरी गर्न अमेरिकाले निकै प्रयास गरे पनि संभव भएन् । नेदरल्याण्ड्सको आक्रामक खेल र कुशल प्रदर्शनसँग अमेरिकी टिमको केही लागेन् । खेलको ७६औं मिनेटमा अमेरिकाले एक गोल फर्काए पनि त्यतिबेला नेदरल्याण्डले दुई गोल गरिसकेको थियो । 

गोल गर्ने पटक पटक अवसर गुमाएको अमेरिकालाई नेदरल्याण्ड्सले ८१औं मिनेटमा गोल थपेर ३–१ को अग्रता बनाउन सफल भएको थियो । नेदरल्याण्ड्सले अब अर्जेन्टिनासँग पहिलो क्वाटरफाइनल खेल्नेछ ।

Advertisement

Advertisement