एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

गत शुक्रबार दिउँसो बसेको सञ्चालक समितिको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको रु. ६ करोड ४३ लाख ४० हजार ९ सय ३५.४२ रुपियाँ नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कपिन्द्र मल्लले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश आगामी दशौं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् । 

यसैबीच लाभांश पारित गर्न कम्पनीको साधारण सभा पुस २० गते आह्वान गरिएको छ । साधारण सभा प्रयोजनका लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय समेत भएको कम्पनी सचिव मल्लले जनाएका छन् । 
 

Advertisement

Advertisement