धौलागिरी र खप्तड लघुवित्तबीच मर्जर सम्झौता

Advertisement

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्तबीच आज बिहान मर्जर सम्झौता भएको छ । 

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौतामा धौलागिरी लघुवित्तका अध्यक्ष इश्वरलाल राजभण्डारी र खप्तड लघुवित्तका  अध्यक्ष सुमनप्रसाद श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

Advertisement

उक्त सम्झौता अनुसार मर्जर पश्चात बन्ने कम्पनीको नाम धौलागिरी लघुवित्त नै रहने छ भने अध्यक्षमा  इश्वरलाल राजभण्डारी रहने छन् । दुवै लघुवित्तले हालै मात्र आईपिओ निष्काशन गरेका थिए । 

धौलागिरीको मुख्य कार्यालय बाग्लुङ्ग नगरपालिका-२, श्रीनगर टोलमा रहेको छ । यो राष्ट्रिय स्तरको लघुवित्त हो ।  त्यस्तै सुदूरपश्चिममा कार्यक्षेत्र रहेको खप्तड  लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ ।

Advertisement

Advertisement