एशियन हाइड्रोको आईपीओ मंसिर २७ गतेदेखि, कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । एशियन हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका लागि मङ्सिर २७ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावितहरुका लागि ३ लाख ४० हजार र श्रमिकहरुका लागि ८४ हजार कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । 

Advertisement

बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार कम्पनीले आयोजना अति प्रभावित क्षेत्र इलामको इलम नगरपालिका वडा नम्बर १०, माई जोगमाई गाउपालिका वडा नम्बर ३ र ४ , तथा सुर्योदय नगरपालिका वडा नम्बर ११ का स्थानीयलाई १ लाख ३६ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो भने  इलाम जिल्लाका अन्य स्थानीयको लागि २ लाख ४ हजार कित्ता शेयर निष्काशन हुनेछ ।  

विदेशमा बस्ने नेपाल श्रमिकहरुले ८४ हजार कित्ताका लागि आवेदन दिन सक्ने छन् ।  

कम्पनीको आईपीओका लागि छिटोमा पुस १२  गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा पुस २७ गतेसम्म आवेदन दिन सकिने छ । श्रमिकलाई छुट्याईएको शेयरमा पुस १२ गतेसम्म मात्र आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ। 

कम्पनीले इलाममा ६।२ मेगावाटको लोवर जोगमाई खोला जलविद्युत आयोजना निर्माण गरिरहेको जनाएको छ ।  

Advertisement

Advertisement