शिवम् सिमेन्टले सार्वजनिक गर्यो ‘शिवमसँग उपहार टन्न’ योजना

Advertisement

काठमाडौं । शिवम् सिमेन्टले ‘शिवमसँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । 

‘शिवमसँग उपहार टन्न’ नामक यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हातखाली नहुने स्क्र्याच कुपन प्राप्त गर्नेछन् । उक्त कुपन स्क््रयाच गरि रु. २००/– देखि रु.  ५००/– सम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्ने । 

Advertisement

सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउने छन् । जस अनुसार हरेक महिनाको लक्की–ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरुलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई  हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औंठी तथा पाँचौं पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्ने छन् । 

मासिक लक्की ड्रमा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरुले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्ने छन् । लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दावी गर्नुपर्ने कम्पनीले जानकारी गराएको छ । यो उपहार योजना मंसिर १८ देखि नेपाल भरी लागू गरिएको छ । 

Advertisement

Advertisement