झिनो अंकले बजार बढ्दा डेढ अर्ब बढीको कारोबार, नबिल बैंकको सबैभन्दा बढी

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार झिनो अंकले बढेको छ भने कारोबार डेढ अर्ब नाघेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१६ अंकले बढेको हो । ०.११ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १९६३.२२ अंकले बढेको हो । 

Advertisement

आज २४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२.०१ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ९.९८ प्रतिशतले नाफा कमाएका छन् भने नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.११ प्रतिशतले घाटा व्यहोरेका छन् । 

त्यसैगरी आज नबिल बैंकको उच्च कारोबार भएको छ । उक्त बैंकको १९ करोड ८० लाख ६७ हजार ४ सय ९३.४० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 

Advertisement

Advertisement