अजोड इन्स्योरेन्स र रिडी पावरको शेयर कारोबार फुकुवा

Advertisement

काठमाडौं । मर्जर प्रक्रियामा रहेका कारण रोक्का रहेको अजोड इन्स्योरेन्स लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । 

आधारभूत शेयरधनी बाहेकका शेयरधनीको शेयर कारोबार आजको निर्णय अनुसार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 

Advertisement

यसैबीच रिडी पावर कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको छ । 

लाभांश घोषणा गर्दा कमजोरी गरेपछि मंसिर ७ गतेदेखि रोक्का रहेको कारोबार क्षमा याचनासहित कमजोरी स्वीकार गरे पछि भोलिबाट लागू हुने गरी कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement