आज (मंसिर १९)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको १९ गते सोमबार, मंसिर शुक्लपक्षको द्वादशी तिथि । आज दासता उन्मूलन दिवस रहेको छ ।

मेष 
भाग्य बलियो रहेको छ । व्यक्तित्वमा प्रभावशालीपना बृद्धि हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने क्रममा तिब्रता आउने छ । पेशागत तथा ब्यावसायिक क्षेत्रमा लाभ मिल्ने देखिन्छ । शैक्षिक र बौद्धिक क्षेत्रमा रहेकाहरुलाई फाइदा मिल्ने छ । शेयर बजारबाट पनि लाभ मिल्ने छ । 

Advertisement

वृष 
भाग्यको साथ कम रहेकाले संघर्षको मात्रा बढ्न जाने छ । रोजगारी तथा ब्यावसायिक क्षेत्रमा कठिनई र अवरोधहरुको सामना गर्नु पर्ने छ । नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुँदाहुँदै पनि त्यस कुराप्रति प्रगति कम हुने छ । रिस नियन्त्रणमा ध्यान नदिए झैझगडाको अवस्था आउने छ । शेयर बजारबाट भने लाभ मिल्ने छ । 

मिथुन 
भाग्य बलियो छ । मनमा सकारात्मक विचार र लहर आउने हुँदा दृढतामा बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनमा सकारात्मक नतिजा प्राप्त हुने छ । लिइएका लक्ष्य एवं सपनाहरु पुरा हुने तर्फ जाने छन् भने आम्दानीमा पनि बृद्धि हुने छ । आधारभूत भन्दा शौखिन खालका सामानको कारोवार गर्नेहरुलाई फाइदा मिल्ने छ । शेयर बजार औसत रहने छ ।

कर्कट
आत्माबल बलियो हुने छ । हृदयको गहिराईबाट  उत्साह र उमङ्ग आउने छ । बोलीको प्रभाव बढ्ने छ । धन सम्पत्तिमा सकारात्मक बृद्धि हुने छ । पेशागत र ब्यावसायिक जीवनको हकमा पनि समय सकारात्मक बन्न पुगेको छ । आँटेका कामहरु पुरा हुने छन् । नेतृत्वदायी भूमिका प्राप्त हुने छ भने नेतृत्व गर्ने क्षमतामा पनि बृद्धि हुने छ । शेयर बजारबाट भने लाभ मिल्ने छैन् । 

सिंह
भाग्यको बलियो छ । कठिन कठिन कार्यहरु गर्न मन लाग्ने छ भने मनमा साहस कायम रहने छ । मनोबल उच्च रहने छ । पैतृक सम्पत्तिका विषयमा परिवारमा विवाद र तनावको अवस्था आउने छ । जीवनसाथिको साथ लिएर कार्यहरु गरेमा आम्दानीमा बृद्धि हुने छ भने राखेका लक्ष्यहरु पुरा हुने छन् । शेयर बजारबाट लाभ मिल्ने छ । 

कन्या
यात्रामा रोमाञ्चकता आउने छ । अरुको विश्वास जित्न सकिने छ । तर पेशागत जीवनमा बिबादहरु देखा पर्ने भएकाले सतर्क रहनु होला । साझेदारीमा गरिएका कामहरुबाट भने फाइदा मिल्ने छ । मनमा आउने दुविधाले निर्णय क्षमतामा कमि ल्याउनुका साथै पाएको जिम्मेबारी निर्वाह गर्न कठिनाई गराउने छ । शेयर बजार मध्यम खालको हुने छ ।

तुला 
रिस अत्याधिक धेरै आउने छ । परिवारमा मिलन हुने र शौहार्द वातावरण आउने छ । दृढतामा बृद्धि हुने हुँदा चुनौतिपूर्ण क्षेत्रमा हात हाल्न मन लाग्ने छ । तर लिएका सबै लक्ष्यहरु पुरा नहुने भएकाले धेरै महत्वाकांक्षी नबनि व्यावहारिक योजनाहरु बनाउनु उपयुक्त हुने छ । विश्वास गरेका व्यक्तिहरुले धोका दिने भएकाले सतर्क रहनु नै उपयुक्त होला । शेयर क्षेत्रबाट लाभ मिल्ने छैन् ।  

वृश्चिक
मनमा अन्योलता असाध्यै आउने छ । जसले गर्दा स–सानो विषयमा पनि निर्णय लिन निकै दुविधा हुने छ । समय प्रतिकुल रहेकाले छ । सुख सुविधामा कमि आउने छ । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुको विश्वास र भरोसा गुम्ने स्थिति आउन जाने छ । समकक्षी तथा कर्मचारीहरुसँग कटुता बढ्ने समय सक्रिय रहेकाले सावधानी अपनाउनु होला । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ ।

धनु 
मजबुद भाग्य रहेका कारण चाहेका दिशामा लाभ मिल्न छ । आँटेका कामहरु पुरा हुने छन् । चलाख खालको व्यक्तित्व हुने छ । परिवारको साथ रहने हुनाले कठिन अवस्थामा पनि धानिन सहयोग मिल्ने छ । पेशागत जीवनमा अवरोध तथा बिबादहरु देखा पर्ने भएकाले नआत्तिइकन अघि बढ्न दृढ संकल्पित हुनु होला । साझेदारीमा गरिएका कामहरुमा द्वन्द देखिने छ । शेयर बजारबाट लाभ मिल्ने छ । 

मकर 
मनोबलमा गिरावट आउने छ । आफैमाथि आफ्नो विश्वासमा पनि कमि आउने छ । जसले गर्दा अरुले हेप्ने छन् । निर्णय क्षमतामा पनि कमि आउने हुँदा अरुले अन्योलग्रस्त व्यक्तिका रुपमा ग्रहण गर्ने छन् । पेशागत जीवनमा जोश तथा जाँगरको कमि हुने छ । साझेदारीका कामहरु भने सकारात्मक दिशामा अघि बढ्ने छन् । शेयर क्षेत्र औसत खालको रहने छ । 

कुम्भ 
व्यक्तित्वमा उच्चता कायम हुने छ । मेहनति र पराक्रमी स्वाभावले गर्दा कार्य सफलता मिल्ने छ भने त्यसबाट फाइदा पनि मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुन जाने छ । पारिवारका सदस्यहरुबाट कदर प्राप्त हुने छ । शान्त स्वाभावको ब्यक्तित्व हुने भएकाले अरुले पनि मन पराउने छन् । पेशागत जीवन मध्यम रहने छ । शेयर बजारबाट लाभ मिल्ने छ ।

मीन
मध्यम खालको समय रहेको छ । अध्ययन अध्यापनमा बृद्धि हुने छ । पेशागत जीवनमा पनि तिब्रता आउने छ । परिवारका सदस्यहरुको विश्वास बृद्धि हुने छ । स्वास्थ्यमा सन्तुलन कायम हुने छ । तर रिसको मात्रा नियन्त्रण नगरे अनावश्यक बादबिबाद र झैझगडाको अवस्थामा गुज्रनु पर्ने छ । मित्रहरुको साथ मिल्ने छ । शेयर बजारबाट लाभ हुने छैन् ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement