अझै पनि केही बिग्रिएको छैन्, मेरो नागरिकताको पछि होइन्, जनताको पछि लाग्नुस्ः रवि

Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकताको पछि होइन् जनताको समस्या र बेथिति अन्त्यका लागि काम गर्न सुझाव दिएका छन् । 

एक मिडियालाई सार्वजनिक प्रतिक्रिया दिँदै उनले अझै पनि ठूला दलका ठूला नेताको नचेतेको बताउँदै यही रवैया कायम रहे अर्को चुनावमा झन ठूलो नोक्सान भोग्नुपर्ने चेतावनी पनि दिएका छन् । 

Advertisement

रवि भन्छन्, ‘अझै मेरो पछि लाग्नुभएको छ । फेरि मेरो पछि लाग्नुभयो । अझै पनि नागरिकता केशमा यसलाई हाल्न सकिन्छ कि ? भनेर लागिरहनु भएको छ । अझै पनि त्यहाँ ठाउँ छ कि ? यसलाई फँसाउन सकिन्छ कि ? भनेर भन्ने सोच उहाँहरुमा देखिन्छ ।’

उनले थपे, ‘म एउटा मानिस नभएर के फरक पर्छ र ? बेथितिविरुद्ध लागेकाले खोजी खोजी समाउने कि मेरा कमजोरी खोज्दै हिंड्ने ? बेथिति भयो है, भ्रष्टाचार नगर्नु है, फोहोरी खेलमा नडुब्नु है, देशको अस्मिता जोगाउनु है, देशको सीमा जोगाउनु है, राष्ट्रको स्वाभिमान जोगाउनु है, त्यो कुरा हेर्नुपथ्र्यो । उहाँहरु मेरो नागरिकताको पछि लाग्नुभयो ।’

मुलुकमा जनताले अपेक्षा गरेको राजनीति अर्कै छ भन्दै उनले मानिसको चुरोमा नेपालीको राजनीति अझै पुग्न नसकेको बताए । रविले मुट्ठीभर मानिसको पहुँचमा राजनीति रहेको बताए । उनले फाइदा लिने व्यक्तिहरुले राजनीतिलाई घेरेर राखेको बताउँदै त्यहाँबाट बाहिर निस्किएर जनततिर जान पनि ठूला नेता र दलहरुलाई सुझाव दिए । 

रविले भने, ‘खराब मानिसहरुको घेराबाट बाहिर निस्किनुस् र जनतका कुरा सुन्नुस् ।’ बाटोघाटो खराब छ । वातावरण बिग्रिएको छ । युवालाई रोजगारी छैन् । सबै कुरा बिग्रिएको अवस्थामा यसलाई ठिक गर्नु भनेर मैले खबरदारी गर्दा उल्टै आफूलाई खबरदारी गर्ने काम उनीहरुले गरेको बताए । 

मलाई कस्ले गाली गर्यो ? मलाई कस्ले फँसाउन खोज्यो ? भनेर पछि लागेको भए म कहाँ अहिले यहाँ हुन्थे र ? भन्दै रविले त्यो अवस्था भएको भए अहिले राजनीतिक दलको रुपमा जनताको अपेक्षा बोकेर हिँड्ने अवस्थामा हुन्थिन भने । 

उनले भने, ‘अझै पनि केही बिग्रिएको छैन् । छोडदिनुस् मलाई । मैले भनेका टेलिभिजनको सात–आठ सय एपिसोड एकचोटी हेरिदिनुस् मात्रै । मैले जे भनेको छु, अहिले जनताले मतमार्फत प्रकट गरेको छु ।’ 

हाम्रो टाउकोमा आएको जिम्मेवारी बहन गर्न आफूहरु सक्षम रहेको रविले बताए । विभिन्न क्षेत्रमा काम गरेका मानिसहरु अहिले राजनीतिमा आउनु जरुरी थिएन् भन्दै उनले ठूला दल र नेताले सिर्जना गरेको बेथितिका कारण बाध्य भएर आउनु परेको बताए । आफ्नो काम गर्न छोडेर ठूला दल र नेताहरु म जस्ता व्यक्तिलाई सिध्याउनेतर्फ मात्रै ध्यान दिनुभयो भने अर्को चुनावमा महावीर पुन, राजेश हमाल, पारस खड्का, विजय लामा, अनिल शाह जस्ता गैरराजनीतिक मानिसहरु राजनीतिमा आउन बाध्य हुने बताए । ‘ठूला दल र नेताले देशलाई निकास नदिएपछि नआएर के गर्नु ?’ रविले प्रश्न गरे ।

Advertisement

Advertisement