नेको इन्स्योरेन्सले घोषणा गर्यो १५.७९ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले १५.७९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो साँझ बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ०.७९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव विष्णुप्रसाद धितालले जनाएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 

Advertisement

Advertisement