मितेरी डेभलपमेन्ट बैंकद्वारा १३ प्रतिशत लाभांश दिने घोषणा

Advertisement

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको आज बिहान बसेको बैठकले आव २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव तथा सीईओ तुलसीप्रसाद वस्तीले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी ९० करोड ३४ लाख २८ हजार ७०.१९ रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।  


 

Advertisement

Advertisement