तोलाको एक लाख पुग्नै लाग्यो सुनको मूल्य

Advertisement

काठमाडौं । सुनको मूल्य तोलाको एक लाख पुग्नै लागेको छ । यसैक्रममा आज सोमबार पनि सुनको मूल्य प्रतितोला ४ सय रुपियाँ र चाँदीको मूल्य १५ रुपियाँ बढेर कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ९ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९९ हजार ४ सय रुपियाँमा किनबेच भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदीको प्रतितोला १ हजार ३ सय ८५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement