आफ्नो नेताविरुद्ध समाचार लेखेको भन्दै कांग्रेस कार्यकर्ताले पत्रकार कुटे

Advertisement

काठमाडौं । नेपाली कांग्रेस नवनिर्वाचित सांसद इन्द्र बानियाँविरुद्ध समाचार लेखेको आरोपमा कांग्रेस कार्यकर्ताले मकवानपुरमा दुई पत्रकारलाई कुटपिट गरेका छन् ।

उनीहरुले वागमती एक्सप्रेस साप्ताहिक पत्रकार रामकुमार रिजाल (एलन) र रमेश बञ्जरालाई कुटपिट गरेका हुन् । उक्त पत्रिकामा आएको समाचारलाई कांग्रेस कार्यकर्तालाई धम्की दिँदै कुटपिट गरेको पीडितहरुको गुनासो छ । 

Advertisement

हेटौंडाका पल्पसा होटलमा आइतबार राति कांग्रेसका राजेश भेटवालको नेतृत्वमा आएका करिब एक दर्जन कार्यकर्ताले पत्रकारहरुलाई कुटपिट गरी घाइते बनाएर भागेका थिए । उनीहरुले कुटपिटमा संलग्नहरुलाई कारवाही गर्न प्रहरीमा किटानी जाहेरीसमेत दिएका छन् । 

कांग्रेस कार्यकर्ताले मकवानपुरकै पत्रकार कृष्ण सारु मगरमाथि पनि कुटपिट गरेको जनाइएको छ । मगर सामान्य घाइते छन् भने एलनको देब्रे कान र दाहिने गालामा गम्भीर चोट लागेको हेटौंडाका पत्रकारहरुले बताएका छन् । 

Advertisement

Advertisement