नेप्से ओरालो झर्दा एक अर्ब ६७ करोडको कारोबार,  रिडी पावरको सबैभन्दा बढी

Advertisement

काठमाडौं । सोमबार शेयर बजार उच्च अंकले घटे पनि कारोबार रकम भने बढेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २४.४६ अंकले बढेको हो । १.२५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३८.७६ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४.६३ रुपियाँ बराबरको कारोबार भएको हो । 

नेप्सेका अनुसार आज सयपत्री हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी ३.१२ प्रतिशतले नाफा कमाएका छन् भने अजोड इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी ७.३७ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज रिडी पावरको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३० करोड ८३ लाख ५७ हजार ४४.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन हिजो आइतबार भने बजार २.१६ अंकले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२.०१ रुपियाँ बराबरको कारोबार भएको थियो ।  
 

Advertisement

Advertisement