आकर्षक अनुदानको कृषि बीमामा कृषकको अनाकर्षण, प्राधिकरण भन्छ– जनताले महत्व बुझेनन्

काठमाडौं । कृषि बीमालाई नै आधार बनाएर अर्थतन्त्रलाई सुधार्ने सरकारले नीति लिए पनि यस बीमातर्फ जनताको आकर्षण बढ्न नसक्दा नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीहरु निराश भएका छन् । 
 
बीमा कम्पनीहरुले कृषि बीमातर्फ मानिसहरुको आकर्षण बढ्न नसकेको बताएका हुन् । यता प्राधिकरणले भने कृषि बीमाको महत्व जनताले अझै बुझ्न नसकेको तर्क गरेको छ । मुलुकमा रोजगारी र व्यवसाय गर्ने वातावरण नभएका कारण निकै ठूलो युवा जनशक्ति अहिले विदेशिएका कारण पनि कृषि उद्यममा संलग्न मानिसको संख्यामा निकै कमी आएको छ । अर्कोतर्फ सरकारले सञ्चालन गरेका अनुदान र सहुलियतका कार्यक्रम वास्तविक किसानसम्म पुग्नैनसक्ने अवस्था कायमै देखिन्छ । 

प्राधिकरणले कृषिबाट जनता आत्मनिर्भर हुने र देशको अर्थतन्त्र स्वदेशी उत्पादनकै कारण सबल बन्ने बताउँदै आएको छ । तर व्यवहारिकरुपमा त्यो कुरा कार्यान्वयन हुन नसक्दा मुलुक कृषि तथा पशुपालनमा समेत परनिर्भर हुन बाध्य हुनुपरेको छ । कृषि बीमामा राज्यको ८० प्रतिशत अनुदान रहन्छ भने कृषकले २० प्रतिशत मात्रै बीमाशुल्क बुझाए पुग्छ ।

Advertisement

बीमा क्षेत्रले देशको अर्थतन्त्रमा तीन प्रतिशतको हाराहारीमा योगदान पुर्याएको सरकारी तथ्यांक भए पनि आकर्षण अनुदान हुँदाहुँदै पनि कृषि बीमा भने अपेक्षित हुन पुगेको छ । 

बीमाशुल्कमा दिइएको अनुदानले कृषकहरुमा लगानी गर्न तथा उत्पादन बढाउन उत्साह थपिनु पर्नेमा अवस्था त्यस्तो नरहेको बीमा तथा कृषि क्षेत्रकै विज्ञहरुले समेत बताउँदै आएका छन् । 

Advertisement

यता बीमा कम्पनीहरु व्यवसाय बढाउने होडबाजीमा लाग्दा अनुदानको कृषि बीमा भने विस्तार नभई झन खुम्चिन पुगेको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई कृषि बीमा गराउन आफूहरुले जिल्ला समेत तोकेको तर पनि यसको विस्तार हुन नसकेको प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बताउँछन् । 

उनी भन्छन् ‘हामीले अहिले कृषिको तथ्यांक हेर्ने हो भने अझै पनि सुधार हुनुपर्ने ठाउँ धेरै छ तर पशुपंक्षीको तथ्यांकमा भने निकै सुधार भएको अवस्था छ । यसबाट के बुझ्दा हुन्छ भने कृषि बीमाले अहिले देशको अर्थतन्त्रमा मुख्य योगदान पुर्याउने अवस्था छैन् । यो जनतामा बीमा र कृषि बीमाको अनुदानको बारेमा बुझाईको कमी भएर पनि हुनसक्छ ।’ 

प्राधिकरणको उद्देश्य जस्तो कृषि बीमाले देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने अवस्था अहिलेको अवस्थामा निकै कम रहेको पौडेलले स्वीकार गरे । उनले अब लघुबीमा कम्पनीमार्फत कृषि बीमामा पनि जनताको आकर्षण बढाउने लक्ष्य प्राधिकरणले लिएको जानकारी दिए ।

यस्तो छ कृषि तथा पशुपंक्षी बीमाको उद्देश्य

Advertisement