तुरुन्त आईपीओ निष्काशन गर्न पाँच बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सर्वसाधारणका ल लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्न आनाकानी गर्दै आएका पाँच जीवन बीमा कम्पनीलाई तत्काल आईपीओ निष्काशन गर्न निर्देशन दिएको छ । 

सञ्चालनमा आएको लामो समय भइसक्दा पनि आईपीओ निष्काशन गर्न ढिलाई गरेको भन्दै प्राधिकरणले ताकेता गरेको हो । प्राधिकरणले सिटिजन्स लाइफ इन्स्योरेन्स, रिलायबल लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सलाई सोमबार पत्र पठाएर तत्काल आईपीओ निष्काशन गर्न भनेको हो । 

Advertisement

यी कम्पनीहरुले भने आईपीओका लागि आफूहरु अन्तिम प्रक्रियामा रहेको र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिन मात्रै बाँकी रहेको बताएका छन् । उनीहरुले आईपीओ निष्काशन थर्न लागेको पहिलेदेखि नै बताउँदै आए पनि निष्काशन भने गर्न सकेका छैनन् । 

बीमा कम्पनीहरुले अस्तित्वमा आउने बेलामा नै चुक्ता पुँजीको केही हिस्सा जम्मा गर्ने र बाँकी पुँजी निश्चित समयभित्र सर्वसाधारण जनताबाट संकलन गर्ने कार्ययोजना बनाएका हुन्छन् । एकै समयमा धेरै संख्यामा लाइसेन्स पाएका बीमा कम्पनीहरुले एकै पटक आईपीओ निष्काशन गर्दा प्राविधिक रुपमा पनि नमिल्ने र लगानीकर्ताको पनि आकर्षण कम हुने भन्दै ढिलाई गर्ने गरेको स्रोतको भनाई छ । 

Advertisement

Advertisement