मर्जरका लागि आफै प्रस्ताव गरेर डीडीए गरेपछि एनसेलद्धारा भायनेटलाई धोका

Advertisement

काठमाडौं । निजी क्षेत्रको मोवाइल सेवा (जीएसएम) प्रदायक कम्पनी एनसेलले इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटलाई धोका दिएको छ । मर्जरका लागि आफैले प्रस्ताव गरेर भायनेटले डीडीए गरेपछि एकाएक एनसेल मर्जर प्रक्रियाबाट एकपक्षीयरुपमा पन्छिएको हो । 

‘ट्रिपल प्ले’ (टिभी, इन्टरनेट र मोवाइल)मा गयो भने आफूलाई निकै ठूलो फाइदा हुन्छ भन्ने सुरुमा उनीहरुले सोच्यो । तर डीडीए गर्ने क्रममा लाइसेन्सको अवधि सकिन्न लागेको कुरा यिनीहरुले हेर्यो । यो लाइसेन्स कसरी नवीकरण गराउने ? भन्ने खेलमा उनीहरु लागिसकेको छ । त्यो कुराको सुनिश्चितता नभई किन इन्टरनेटमा लगानी गर्ने ? भनेर सोचेर उनीहरु पछि हटेको हुनसक्छ ।’

Advertisement

एनसेललाई दिएको लाइसेन्सको अवधि सक्किन करिव छ बर्ष मात्रै बाँकी रहेको र लाइसेन्स नवीकरण गराउनसक्ने परिस्थिति सुनिश्चित गरेर मात्रै थप लगानी गर्ने सोचमा गएकाले एनसेल भायनेटसँगको सम्झौताबाट एकपक्षीयरुपमा पछि हटेको स्रोतको भनाई छ । 

‘ट्रिपल प्ले’का लागि विभिन्न कम्पनीले प्रस्ताव गर्दा अस्वीकार गरेको नेपाल दूरसञ्चार प्राधिकरणले भायनेटलाई भागेर एनसेललाई त्यस खालको लागि अनुदान दिन बाध्य पार्ने रणनीतिमा एनसेल थियो । तर बिना सुचना उ पछि हटेसँगै भायनेट जिल्लिएको छ । 

अर्को कम्पनी डिशहोमले पनि आफूले एनसेलको मोवाइल बिक्री गर्ने र एनसेलले डिशहोमको टेलिभिजन सेवा बिक्री गर्ने कुराकानी भएर प्रक्रिया अघि बढ्न लागेको बेला एकाएक एनसेल पछि हटेको थियो । उसले आफैले भायनेट किनेर ‘ट्रिपल प्ले’मा योजना बनाएपछि डिशहोमलाई उपेक्षा गरेकोमा पटि भायनेटलाई पनि धोका दिएको थियो । 

स्रोतको थप भनाई छ, यसअघिको टेलियासोनेरा भनेको निकै प्रोफेशनल कम्पनी थियो । अहिलेको एक्जियटा भनेको मलेसियाको सरकारी लगानीको कम्पनी पर्यो । यसका कर्मचारी भनेका सरकारी मानसिकताका हुने भए । कहाँबाट आफूलाई व्यक्तिगत फाइदा बढी हुन्छ ? त्यो हेर्ने भए । सरकारी लगानीको कम्पनी प्रोसेस पनि लामो नै हुन्छ । माथिबाट हुँदैन भनियो कि !’

एनसेलसँगको सहमतिबाट पछि हटेसँगै अन्तर्राष्ट्रियस्तरमा नाम चलेको एक्जियटाको लगानी रहेको एनसेलप्रतिको विश्वसनीयताको गम्भीर प्रश्न उठाएको छ । ‘एनसेलले आफ्नो स्वार्थका लागि जे पनि गर्न तयार हुने रहेछ भन्ने सन्देश यस घटनाबाट गएको छ’ स्रोतले भन्यो । 

भायनेटका प्रवन्ध निर्देशक विनय बोहोराले मर्जर प्रक्रिया आफूहरुको कारण नभई एनसेलको कारण अवरुद्ध भएको स्वीकार गरे । एनसेलबाट धोका भएको विषयमा खुलेर बोल्न नचाहेका उनले आफूहरु मर्जरका लागि तयार भए पनि एनसेल नै पछि हटेको बताए । 

बोहोराले भने, ‘भाउ नमिलेर हो कि ? कानुनी समस्या आएर हो कि ? उनीहरु व्याक भयो । उनीहरुले कारण पनि भनेन् । ड्यु डिलिजेन्सपछि उनीहरु आएन् । हाम्रो कारणले अवरुद्ध भएको होइन् ।’ 

फ्रिक्वेन्सी देखाएर हेलो नेपालको व्यापार, एनसेलको एकाधिकार

Advertisement

Advertisement