विन नेपाल लघुवित्तले एफपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा  नेपाल एसबिआई मर्चेण्ट नियुक्त

Advertisement

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशन गर्ने भएको छ । 

प्रति शेयर अंकित मूल्य रु. १००/– अंकित दरका ५१,२९३ कित्ता साधारण शेयर अंकित मूल्यमा प्रिमियम थप गरी थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन गर्न लागेको हो । 

Advertisement

यसैबीच एफपीओ निष्काशनका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ  । 

नेपाल एसबिआई मर्चेण्टको कार्यालय हात्तिसार, काठमाडौंमा आज आयोजित कार्यक्रममा  नेपाल एसबिआई मर्चेण्टका प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र विन नेपाल लघुवित्तका  प्रमुख कार्यकारी अधिकृत वसन्तबहादुर शाक्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 


 

Advertisement

Advertisement