एशियाका कोरिया र जापान विश्वकप यात्राबाट विदा, क्रोयसिया र ब्राजिल क्वाटरफाइनल

Advertisement

काठमाडौं । एशियाका दुई मुलुकको विश्वकप यात्रा टुंगिएको छ । गए राति भएको खेलमा जापान क्रोयसियासँग र दक्षिण कोरिया ब्राजिलसँग पराजित भए । 

प्रिक्वाटरफाइनलको नकआउट चरणमा जापान र कोयसियाले निर्धारित समयमा १–१ गोलको बराबरी खेलेपछि अतिरिक्त समयमा पनि गोल गर्न नसकेपछि पेनाल्टी सुटआउटबाट विजेता छनौट गरिएको थियो । 

Advertisement

गोलकिपर डोमिनिक लिभाकोभिचले तीन पेनाल्टी बचाएपछि जापानलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

यस विश्वकपमा पेनाल्टी सुटआउटबाट नतिजा निकालिएको यो पहिलो हो । खेलको ४४औं मिनेटमा जापानले गोल गर्दै अग्रता लिए पनि क्रोएसियाले ५५औं मिनेटमा बराबरी गोल फर्काएको थियो । त्यसपछि दुवै पक्षले गोल गर्ने प्रयास गरे पनि संभव भएन् । क्रोएसियाले अब ब्राजिल सँग खेल्नेछ ।

त्यस्तै, गए राति नै भएको अर्को खेलमा दक्षिण कोरियामाथि ४–१ गोलअन्तरको जितसहित पाँच पल्टको विश्व विजेता ब्राजिल जारी फिफा विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आक्रामक खेलसँगै पहिलो हाफमा ४ गोलको अग्रता बनाएर ब्राजिलले दोस्रो हालमा भने गोल थप्न सकेन् । तुलनात्मकरुपमा कमजोर कोरियाले ७६औं मिनेटमा एक गोल मात्रै फर्कायो । दोस्रो हाफमा कोरिया सम्हालिएर खेलेको थियो । 

Advertisement

Advertisement