काठमाडौं । एनएमबि बैंकले ८.२५ प्रतिशत लाभाश दिने भएको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ८.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव प्रमोदकुमार दाहालले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउने छन् ।