काठमाडौं । साना किसान विकास लघुवित्त संस्थाले २७.३६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आव २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको २६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.३६८४२१०५३ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव झलेन्द्र भट्टराईले जनाएका छन् ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले पाउने छन् ।