वागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन बालेनसँग थापाथलीका बासिन्दाहरुको माग

Advertisement

काठमाडौं । थापाथलीस्थित वागमती नदी किनार अतिक्रमण गरी बस्दै आएको सुकुम्वासी बस्ती हटाउन माग थापाथलीकै वासिन्दाहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग माग गरेका छन् । 

स्थानीयले मेयर शाहलाई ज्ञापनपत्र बुझाउँदै नदी किनारको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी मनलाग्दी ढंगले अनियन्त्रित रुपमा बसिरहेका कथित सुकुम्वासीका कारण खोला प्रदुषित भएको, राजधानीको सौन्दर्यमा समेत प्रतिकूल असर परेको गुनासो गरेका छन् । अस्तव्यस्त बसोबास र दिउसै खुल्ला रुपमा घरेलु हतियारको प्रयोगका कारण राजधनीवासी भयवित र असुरक्षित महशुस गरेको भन्दै उनीहरुले बस्ती हटाउन माग गरेका छन् । 

Advertisement

उक्त बस्तीमा रहेका वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गर्नुपर्ने र उनीहरुको नाममा सरकारी जग्गा अतिक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने थापाथलीका स्थानीयको माग छ । 

Advertisement

Advertisement