काठमाडौं । शेयर बजार घट्दो क्रममा रहेको बेला कारोबार रकम पनि अर्ब भन्दा तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.८७ अंकले तल झरेको छ । ०.२५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९३३.८८ अंकमा ओर्लिएको छ ।
आज २३८ कम्पनीका २५ लाख ८१ हजार ४ सय २४ कित्ता शेयर किनबेच हुँदा ९६ करोड ५२ लाख १० हजार ८ सय ९९.१४ रुपियाँ बराबरको कारोबार भएको छ ।
नेप्सेका अनुसार आज सबैभन्दा बढी धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले ८.१७ प्रतिशतले नाफा कमाएका छन् भने एनएमबि बैंकका लगानीकर्ताले सबैभन्दा बढी ६.०७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ८ करोड १२ लाख ३४ हजार ७ सय ९९.८० रुपियाँ बराबरको शेयर किनबेच भएको हो ।
साताको पहिलो आइतबार बजार २.१६ अंकले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२.०१ रुपियाँ र हिजो सोमबार २४.४६ अंकले बजार घट्दा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४.६३ रुपियाँ बराबरको कारोबार भएको थियो ।