उद्यमशीलताका क्षेत्रमा कार्यरत आईडिया स्टुडियोद्धारा  सातौं सिजका लागि आवेदन खुल्ला

Advertisement

काठमाडौं । उद्यमशीलता प्रवर्द्धन गर्दै आएको आईडिया स्टुडियोले सातौँ सिजनको लागि आवेदन खुल्ला गरेको छ । छैटौँ सिजनसम्म चार हजार पाँच सयभन्दा बढी नवीन व्यवसायिक विचार प्राप्त गरेको पनि उसले जानकारी दिएको छ । 

उक्त सिजनमध्ये ३५० भन्दा बढी व्यवसायिक विचारहरु इन्क्युबेशन कार्यक्रममा सहभागी भइसकेको र ६५ भन्दा बढी व्यवसाय सफलतापूर्वक सञ्चालनमा रहेको आईडीया स्टुडियोले जनाएको छ । 

Advertisement

संस्थाका अनुसार विभिन्न कार्यक्रममार्फत देशको सात वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको सहभागिता जुटाउन सफल भएको छ । 

आईडिया स्टुडियोले नेपाली उत्पादन प्रवर्द्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवर्द्धन गर्ने जस्ता सबै क्षेत्रका व्यवसायिक आइडियाहरुलाई प्राथमिकता दिने बताएको छ । 

प्राप्त भएका आइडियामध्ये सिजन ७ मा ४० व्यवसायलाई इन्क्युबेसनको लागि छनौट गरिने जनाइएको छ । उनीहरुलाई प्राथमिकता दिँदै उत्कृष्ट बनाउन सरसल्लाह, तालिम, व्यवसायिक सञ्जाल, इन्क्युबेसन कार्यक्रम, मेन्टरसिप, वित्तीय पहुँचका लागि सहजीकरण बनाउने आइडिया स्टुडियोको भनाई छ । 

Advertisement

Advertisement