जापानी राजदूत र व्यवसायीसँग पर्यटन बोर्डले गर्यो अन्तरक्रिया

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डले जापानमा नेपालको पर्यटन प्रर्वद्धन गर्न भन्दै नेपालका लागि जापानका राजदूत र जापानी व्यवसायीसँग मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ । 

कार्यक्रममा राजदूत किकुता युताकाले जापानीहरु नेपाल भ्रमण गर्न मन पराउने बताए । उनले भने, ‘नेपाल साच्चिकै सुन्दर छ । जापानीहरु नेपाल आउन मन पराउँछन ।’ 

Advertisement

जापानका विभिन्न कम्पनीका उच्च पदाधिकारी नेपाल आएको अवसरमा बोर्डले कार्यक्रम आयोजना गरेको हो ।बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपाल प्रकृति, संस्कृती, साहसिक पर्यटनका लागि उर्पयुक्त गन्तव्य भएको बताए । 

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले नेपालको हिमाल आरोहणमा प्रथम महिला सगरमाथा आरोही जुन्को तावेईसँगै अन्य विभिन्न एेतिहासिक तथा आपसी सहयोगका विविध कार्यक्रमले नेपाल र जापान सम्बन्धको छुट्टै आयाम रहेको बता । उनले नेपालको पर्यतीय पर्यटनको प्रर्वद्धनमा जापानको राम्रो भूमिका रहेको बताए । 

जापानको फोर्थ कन्सिगरेस कर्पोरेशका कार्यकारी प्रमुख योहेयी सिबाकासीले आउने दिनमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या बढ्ने बताए । 

Advertisement

Advertisement