दीपक मनाङ्गेबाट हामीले सिक्नुपर्छः बेदुराम भुसाल, ‘मनाङ्गेको विगतलाई टिप्पणी नगरौं’

Advertisement

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव डा. बेदुराम भुसालले गण्डकीका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेबाट सिक्नुपर्ने बताएका छन् । 

आलोकनगरस्थित सो पार्टीको  केन्द्रिय कार्यालयमा मनाङ्गेलाई स्वागत उनले मनाङ्गेले राम्रो काम गरेकोले त्यसबाट सिकेर अघि बढनुपर्ने बताए । मनाङ्गेले आफ्नो विगतलाई बदलेर राजनीतिलाई जनसेवाको रुपमा अघि बढाउने प्रतिवद्धता जनाएको उल्लेख गर्दै भुसालले त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए । 

Advertisement

उनले मनाङ्गेको विगतलाई लिएर कतिपयले टिप्पणी गरेको बताउँदै अब भने वर्तमानमा गरेको कामलाई हेरेर साथ दिनुपर्ने बताए । मनाङ्गेले वर्तमानमा सिक्न लायक काम गरेको र भविष्यमा पनि राम्रो काम गर्दै जाने विश्वास व्यक्त गर्दै भुसालले उनको तारिफ समेत गरे । 

उनले भने, ‘उहाँ आफैले भन्नु भएको छ– राजनीति सेवा हो । जनसेवा हो । निःशर्त रुपमा गरिने जनसेवा हो । त्यो जनसेवामा एक्लै बसेर हुुँदैन । पार्टीमा आवद्ध भएर जानुपर्ने रहेछ भन्ने महशुस गरेर म यो पार्टीमा आएको हुँ भन्नु भएको छ । म यहाँहरुसँग के कुरा राख्न चाहान्छु भने उहाँको विगतलाई लिएर कतिपय टिप्पणीहरु गर्ने गरिएको पार्ईन्छ । तर हामीले के बुझ्नु पर्छ भने मान्छे–मान्छे नै हो । जसले राम्रो काम पनि गर्छ । कहिले काँही काम गर्दै जाँदा गल्ती पनि गर्छ । मान्छेलाई, मान्छेको इतिहासलाई विगतको आँखाले मात्रै हेर्न हुँदैन । विगत, वर्तमान र भविष्य सबै हुन्छ हाम्रा अगाडि । त्यसैले विगतमा के थियो भन्ने कुरा भन्दा पनि वर्तमानमा के छ ? भनेर हेर्नुपर्ने पर्छ । भविस्यमा कता जाँदैछ ? भनेर हेर्नु पर्छ ।’ 

भुसालले थपे, ‘राजिवजीले आफ्नो विगतलाई बदलेर जसरी जनसेवाको भावनाले राजनीति गर्छु, अगाडि बढछु भन्ने प्रतिवद्धताका साथ अगाडि बढनु भएको छ । त्यसलाई सकारात्मक ढंगले लिनु पर्दछ । र, समाजमा भएको अरु पनि विगतमा कहिलेकाँही बाटो बिराएर समाजले नरुचाउने खालका कामहरु गर्ने व्यक्तिहरु पनि हुनुहुन्छ भने उहाँले जसरी अहिले नयाँ ढंगले अगाडि बढने प्रतिवद्धता जाहेर गर्नु भएको छ । एक अवधि उहाँले प्रदेश सरकारको मन्त्री भएर पनि काम गरेर देखाई सक्नु भएको छ । त्यसबाट सिक्नु पर्छ । उहाँले गरेका कामबाट सिक्नुपर्छ भन्ने मलाई लाग्छ । र, यसरी अघि बढने प्रतिवद्धताका साथ अगाडि आउनु भएकोमा हार्दिक स्वागत गर्न चाहन्छु । र, भविष्यमा अझै राम्रो काम गर्दै अगाडि बढन सक्नुहोस् । उहाँको राजनीतिक जीवन सफल बन्दै जाओस् ।’ 

कार्यक्रममा बोल्दै मनाङ्गेले गण्डकीमा गठबन्धनको सरकार बन्ने र त्यसमा आफू पर्ने भएकाले कसैले पनि मन्त्रीका लागि आफूलाई सिफारिस गर्नु नपर्ने दावी गरे । उनले युवा तथा खेलकुद मन्त्रीको रुपमा आफूले गण्डकीमा अरुले भन्दा धेरै काम गरेको जिकीर समेत गरे । 

राष्ट्रिय खेलकुद प्रतियोगितालाई सम्पन्न गराउन आफूले मन्त्रीको रुपमा महत्वपूर्ण निर्वाह गरेको बताउँदै मनाङ्गेले मन्त्री बन्न आफू एकीकृत समाजवादीमा नआएको दावी गरे । उनी मनाङ–२ बाट स्वतन्त्ररुपमा साँसदमा विजयी भएका थिए ।
 

Advertisement

Advertisement