आज (मंसिर २१)को राशिफलः तपाईंको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०७९ साल मंसिर महिनाको २१ गते बुधबार, मंसिर शुक्लपक्षको चतुर्दशी तिथि । आज नागरिक उड््डयन दिवस रहेको छ ।

मेष 
विगतका निर्णयहरुप्रति एकदम पश्चाताप उत्पन्न भइरहने छ । यसले गर्दा वर्तमान खल्लो हुने छ । आर्थिक क्षेत्र औसत रहने तथा पेशागत क्षेत्रमा पनि राम्रो प्रदर्शन हुन सक्ने छैन् । सकारात्मक दृष्टिकोण भन्दा नकारात्मक दृष्टिकोणले सताउने छ । भविष्य प्रतिको चिन्ताले असाध्यै सताउने छ । समय प्रतिकुल रहेकाले संयमित रहनु नै बुद्धिमानी ठहरिने छ । शेयर क्षेत्रमा गुमाउनु पर्ने छ । 

Advertisement

वृष 
पेशागत जीवनमा कठोरतम संघर्ष गर्नु पर्ने हुन्छ । भइरहेको मान प्रतिष्ठामा गिरावट आउने छ । आर्थिक क्षेत्रमा दबाब महशुस हुने छ । पारीवारिक सदस्यहरुबीच तनावले आफैलाई पनि तनाव थप्ने छ । सामाजिक जीवनमा पनि क्षति हुने छ । शेयर बजारबाट भने केही राहत मिल्ने छ । 

मिथुन 
जीवनसाथिको अदम्य साथ प्राप्त हुने छ । तर पेशागत जीवनमा भने सहकर्मीहरुबाट धोका खाने देखिन्छ । प्रेममा सफलता मिल्ने छ । आर्थिक जीवनमा धरमर आउने छ । कर्मशिलतामा बृद्धि भए तापनि त्यसको नतिजा सन्तोषजनक गरि मूल्यांकन हुने छैन् । परिवारमा तनाव देखिन्छ । शेयर क्षेत्रमा सुधार देखिने छैन् । 

कर्कट
समय अनुकुल रहेको छ । भाग्यको बलियो साथ रहेकाले आँटेका कामहरु पुरा हुने छन् । यात्रामा सफलता प्राप्त हुने छ । बोलीको प्रभाव बढ्ने हुँदा अरुले विश्वास गर्ने छन् । पेशागत जीवनमा पनि सफलता प्राप्त हुने छ । शेयर क्षेत्रबाट कमाई हुने छ । 

सिंह
तामसी भोजन प्रति अत्याधिक मोह बढ्ने छ । झैझगडा र मनमुटाव बढ्ने छ । घर परिवारमा पनि अशान्ति र कलहको वातावरण हुने छ । पेशा तथा ब्यापार प्रति भने लगाव रहने बानी कायम रहने छ । जोखिमले भरिएका क्षेत्रमा कार्यरतहरुले गुमाउने छन् । शेयर बजारमा अनावश्यक बल गर्नु उपयुक्त देखिने छैन् । 

कन्या
सन्तान सुखले पिरोल्ने छ । पेशागत जीवनमा भने सन्तोष प्राप्त हुने छ । तर अनावश्यक विवादमा फसिने भएकाले संयम रहनु नै उपयुक्त हुने छ । मनोबलमा बृद्धि हुने भएता पनि आक्रामकतामा पनि बढोत्तरी हुने भएकाले विचार गर्नुहोला । शेयर क्षेत्रबाट आंशिक फाइदा मिल्ने छ । 

तुला 
मित्र मिलन हुने छ । यात्रामा कठिनाईका कारण तनाव झेल्नु पर्ने छ । परिवारका सदस्यहरुबीच मधुरता उत्पन्न हुने छ । आर्थिक पक्ष सवल बन्ने छ । पेशागत जीवनमा कदर र थप जिम्मेबारी प्राप्त हुने छ । शेयर क्षेत्रमा लाभ हुने छैन् । 

वृश्चिक
प्रकृतिक प्रकोपको डर हुने छ । पेशागत जीवनमा तनाव झेल्नु पर्ने छ । आर्थिक रुपमा दबाबको सृजना हुने छ । मनमा भविष्यको चिन्ताले पिरोल्ने छ । परिवारमा द्वन्द आउने तथा त्यसले परिवारमा आक्रोशको अवस्था ल्याउने छ । शेयर बजारमा गुमाउने अवस्था देखिन्छ । 

धनु 
समयमा सुधार आउने छ । आम्दानीमा केही बृद्धि देखिने छ । मनोबलमा बृद्धि हुन पुग्ने छ । पेशागत जीवनमा पनि केही राम्रा संकेतहरु देखा पर्ने छन् । यात्रामा कठिनाईको सामना गर्नु पर्ने छ । परिवारमा मधुरता आउने छ । आथिक जीवनमा पनि केही राहत मिल्ने छ । शेयर बजार लाभदायी रहने छ ।

मकर 
आकस्मिक आम्दानी प्राप्त हुने छ । पेशागत जीवनमा लय उत्पन्न हुने छ । जीवनसाथिको साथले उत्साह र उमङ्ग प्राप्त हुने छ । सामाजिक जीवनबाट मान मर्यादा प्राप्त हुने छ । प्रशासनिक झमेलाबाट गुज्रने चुनौति देखिन्छ । यात्रामा अनुकुलता भन्दा प्रतिकुलताको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र जोखिमपूर्ण देखिन्छ । 

कुम्भ 
धोका सहनु पर्ने जोखिम देखिन्छ । तामसी भोजनमा मन जाने छ । साथिभाइहरुसँग बिछोड हुने छ । प्राकृतिक प्रकोपको सामना गर्नु पर्ने छ । ब्यापार विजनेशमा नोक्सानी व्योहर्नु पर्ने छ । द्वन्दको सामना गर्नु पर्ने भएकाले संयमित रहनु होला । शेयर क्षेत्रबाट केही नाफा हुने छ । 

मीन
कर्मशिलता थपिने छ । तर आम्दानी भने औसत खालको रहने छ । ब्यापार विजनेशमा नयाँ उत्साह आउने छ । जीवनसाथिको साथले आँट र भरोषा प्राप्त हुने छ । आफूले दिएको सल्लाह अरुले त्यत्ति मान्ने छैनन् । निन्द्रामा समस्या देखिने छ । शेयर क्षेत्रबाट कमाई हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement

Advertisement