सानिमा बैंकले ल्यायो १८ वटा सुविधा सहितको जेनेरेशन सानिमा सेभिङ खाता

Advertisement

काठमाडौं । सानिमा बैंकले १८औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुबिधा सहितको जेनेरेशन सानिमा सेभिङ खाता सञ्चालनमा ल्याएको छ । उक्त खाता १८ वर्ष भन्दा माथिका युवाहरुलाई लक्षित गरी उक्त बचत खाता सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।  

शून्य मौजदातमा खोल्न सकिने उक्त खातामा मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ-कम कार्ड (पहिलो टपअप निःशुल्क), डिम्याट खाता र मेरो शेयर निःशुल्क जारी गरिनेछ । 

Advertisement

साथै, बैंकले निःशुल्क भेरिफाइड बाइ भिसा दर्ता, निःशुल्क सिआस्वा आवेदन, देशभरीका भिसा नेटवर्क एटिएममा मासिक ३ निःशुल्क रकम झिक्न सकिने र निःशुल्क इ स्टेटमेन्ट सेवाको व्यवस्था पनि गरेको छ ।

साथै विदेशी सटहीमा ०.१० पैसाको प्रिमियम/छुट, शैक्षिक कर्जा र अन्य कर्जाहरुको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट, डलर ट्राभल कार्ड जारी गर्दा १८ प्रतिशत छुट, स्विफ्ट र डिमान्ड ड्राफ्ट को शुल्कमा १८ प्रतिशत छुट र अमेरिकी डलर भिसा कार्डबाट अनलाइन भुक्तानी गर्दा १८ प्रतिशत छुट दिने व्यवस्था ल्याएको छ । 

यस खाताले युवा वर्गहरु बीच बचत गर्ने बानी र डिजिटल बैंकिङ्गको प्रयोगलाई बढावा दिने बैंकको विश्वास रहेको छ । बैंकको देशका सातै प्रदेशमा १३० कार्यालयहरु र १२३ वटा एटिएम संजालहरु संचालनमा छन् । 
 

Advertisement

Advertisement