सिद्धार्थ बैंकले घोषणा गर्यो १३.१६ प्रतिशत लाभांश

Advertisement

काठमाडौं । सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय भएको कम्पनी सचिव लक्ष्मण घिमिरेले जनाएका छन् । 

Advertisement

बैंकको हाल कायम चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८ सय ३१ रुपियाँ छ । 

सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले लाभांश पाउने छन् । 
 

Advertisement

Advertisement