चिलिमे जलविद्युत कम्पनीले घोषणा गर्यो  १५ प्रतिशत लाभांश, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो दिउँसो बसेको बैठकले आब २०७८÷७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत नगद लाभांश र ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जनाएका छन् । 

Advertisement

कम्पनीको हाल कायम चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६ सय ७५.२३ रुपियाँ छ । 

यसैबीच सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित गर्न पुस २२ गते वार्षिक साधारण सभाको मिति समेत तय भएको छ । 

साधारण सभा प्रयोजनका लागि पुस ३ गते बुक क्लोज गर्ने निर्णय भएको कम्पनी सचिव आचार्यले जनाएका छन् । 
 

Advertisement

Advertisement