बाराही हाइड्रोपावरको आईपीओ आजदेखि निष्काशन खुला

Advertisement

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले मंसिर २१ गतेदेखि २६ गतेसम्म ५ लाख ५४ हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । 

यसअघि स्थानीयलाई निष्काशन खुला गर्दा बिक्री नभएको १ लाख ४ हजार कित्ता र सर्बसाधारणलाई छुट्याईएको ४ लाख ५० हजार कित्ता गरी कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्काशन गरिएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ । 

Advertisement

कूल निष्काशन मध्ये २७ हजार कित्ता शेयर सामुहिक लगानी कोषका लागि र ११ हजार ८० कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ५ लाख १५ हजार २ सय २० कित्ताका लागि सर्बसाधारणले आवेदन दिन सक्नेछन् । 

सर्वसाधारणका लागि छुट्याइएको शेयर ५१ हजार ५ सय २२ जनाले १०–१० कित्ताका दरले पाउने छन् । 

कम्पनीले बाग्लुङको जैमिनी नगरपालिकामा ठेउले खोलाको पानी उपयोग गरि १।५ मेगावाटको ठेउले खोला जलविद्युत आयोजना संचालन गरी विद्युत प्राधिकरणलाई विद्युत बिक्री गरिरहेको उल्लेख गरेको छ । 

Advertisement

Advertisement