पुस १ गतेदेखि बुद्ध एयरको एटिआर–७२ बाट काठमाडौं–सुर्खेत उडान

Advertisement

काठमाडौं । आगामी पुस १ (डिसेम्बर १६)देखि बुद्ध एयरले काठमाडौं–सुर्खेत उडान एटिआर–७२ जहाजबाट गर्ने भएको छ । बुद्ध एयरले यस गन्तव्यमा एटिआर–४२ जहाजबाट उडान सेवा संचालन गर्दै आएको छ । 

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै कम्पनीले यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर–७२ जहाज मार्फत उडान गर्न लागेको जनाएको हो । बुद्धले एयरले उक्त गन्तव्यमा दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौं उडान गर्नेछ । 

Advertisement

हाल सञ्चालनमा रहेको एटिआर–४२ उडानबाट यात्रुहरूको माग अनुरूप सिट संख्या उपलब्धता कम भएकाले एटिआर–७२ मार्फत उडान गर्न लागेको बुुद्ध एयरले बताए । 

सानो जहाजको सञ्चालनमा खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव परेको र एटिआर–७२ जहाजबाट उडान गर्दा यात्रु सिट संख्या, संचालन खर्च कम हुने र यात्रुहरू लाभान्वित हुने कम्पनीले जनाएको छ । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन् ।

त्यस्तै, यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार रूपियाँबाट सुरू हुने र माग अनुसार दैनिक दुई वटा उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

Advertisement