राष्ट्र बैंकले चार अर्ब ३१ करोड लगानी गर्ने, बैंकहरुसँग माग्यो प्रस्ताव

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा चार अर्ब ३१ करोड लगानी गर्ने भएको छ । 

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको तीन अर्ब चार करोड र अवकाश कोष अन्तरगतको कर्मचारी सुरक्षण कोषको एक अर्ब २७ करोड रुपियाँ मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । 

Advertisement

यसैक्रममा पेन्सन कोषको रकम वाणिज्य बैंकमा २ अर्ब ४३ करोड २० लाख रुपियाँ, विकास बैंकमा ४५ करोड ६० लाख रुपियाँ र वित्त कम्पनीमा १५ करोड २० लाख रुपियाँ लगानी गर्न लागिएको राष्ट्र बैंकद्वारा प्रकाशित सूचनामा उल्लेख छ । 

उक्त रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई मंसिर २० गतेदेखि २३ गते बेलुका ७ बजेभित्र ब्याजदर प्रस्ताव गर्न आह्वान गरिएको छ । उक्त रकम २०७९ पुस १ गतेदेखि २०८० मंसिर ३० गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ । 

त्यसैगरी कर्मचारी सुरक्षण कोषको रकम एक अर्ब एक करोड ६० लाख रुपियाँ वाणिज्य बैंकमा, १९ करोड ५ लाख रुपियाँ विकास बैंक र ६ करोड ३५ लाख रुपियाँ वित्त कम्पनीमा लगानी गर्न लागिएको हो । 

रकम लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुलाई ब्याजदर सहित आवेदन दिन राष्ट्र बैंकले जानकारी गराएको हो ।

  
 

Advertisement

Advertisement