प्रधानन्यायाधीश जबरालाई कार्यालय जानबाट रोक्न जबरा विरोधी वकिल सक्रिय, गेटमा धर्ना

Advertisement

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई संसद सचिवालयले महाभियोगबाट मुक्त भएको पत्र दिएसँगै जबरा कार्यालय जाने तयारी गरेपछि उनका विरोधी वकिलहरु फेरि सर्वोच्च अदालतको गेटमा भेला भएका छन् । 

जबरालाई कार्यालय छिर्न नदिन विशेषगरी सत्ताधारी वकिलहरु नै सल्बलाएका हुन् । धर्ना दिनेमा कतिपय नेपाल बार एशोसिएसनका पदाधिकारीसमेत छन् । यसअघि जबरा कार्यालय जाने तयारी गरेपछि सरकारले नै उनलाई घरमै नजरबन्द गर्नुका साथै सर्वोच्चको गेटमा वकिलहरुलाई प्रदर्शनमा उतारेको थियो । अहिले पनि वकिलहरुले जबरालाई कार्यालय छिर्नबाट रोक्न प्रयास गर्नुका साथै गृहमन्त्रीलाई फोन गरेर प्रहरी परिचालन नगर्न चेतावनी दिएका छन् । 

Advertisement

जबराविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भएसँगै उनलाई सत्ताको बलमा कार्यालय जान नदिने र घरमै नजरबन्द गर्ने कुराको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । 

Advertisement

Advertisement