शेयर बजारमा एक अर्ब ६५ करोडको कारोबार, सानिमा बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच

Advertisement

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । नेप्से तल झरे पनि कारोबार रकम भने डेढ अर्ब नाघेको हो । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.६१ अंकले तल झरेको छ । ०.८६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९१७.२८ अंकमा झरेको छ । 

Advertisement

आज २४६ कम्पनीका ८० लाख ९२ हजार ७ सय १९ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५ सय ५०.९९ रुपियाँ बराबरको कारोबार भएको हो । 

नेप्सेका अनुसार आज खप्तड लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी ६.०९ प्रतिशतले नाफा कमाएका छन् भने नाडेप लघुवित्त र ग्लोबल आइएमई बैंकका शेयरधनीहरुले सबैभन्दा बढी क्रमशः ९.९९ र ९.२९ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सानिमा बैंकको संस्थापक शेयर सबैभन्दा बढी किनबेच भएको छ । उक्त शेयर ६७ करोड २ लाख ९३ हजार रुपियाँ बराबरको किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो आइतबार बजार २.१६ अंकले बढ्दा १ अर्ब ५६ करोड १७ लाख २ हजार ९ सय ९२.०१ रुपियाँ, सोमबार २४.४६ अंकले बजार घट्दा १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४.६३ रुपियाँ र हिजो मंगलबार ४.८७ अंकले बजार तल झर्दा ९६ करोड ५२ लाख १० हजार ८ सय ९९.१४ रुपियाँ बराबरको कारोबार भएको थियो ।   
 

Advertisement

Advertisement